सुनसरीमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।
जिल्लाकाे दुहबी नगरपालिका-९ स्थित साेनापुरमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका-८ का ३० वर्षीय सुलभ गिरीकाे मृत्यु भएकाे हाे ।
को १ क ३३९५ नम्बरकाे ट्रकले ना ५५ प ९९७९ नम्बरकाे मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते भएका थिए ।
ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।