संखुवासभाको मादी नगरपालिका–१ मा भएको सामूहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पाँच दिनको अनुसन्धानपछि सामूहिक हत्यामा संलग्न २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कार्की पीडित परिवारको नाता पर्ने छिमेकी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको घरबाट प्रहरीले रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद गरेपछि थप अनुसन्धान अघि बढाएको थियो ।
संखुवासभाको मादी नगरपालिका–१ मा भदौ २१ गते बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।