संखुवासभा सामूहिक हत्याकाण्ड : ‘जसले शव देखायो, उही हत्यारा’
फरकधार / २६ भदौ, २०७८

भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको विभत्स सामूहिक हत्याकाण्डमा प्रहरीलाई सफलता मिलेको छ । 



हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या गरेको आशंका एक जना आरोपीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । 
प्रहरीले हत्याको आरोपमा ती व्यक्तिलाई पक्राउ गरेको छ जसले प्रहरीलाई हत्या भएकाहरुको  शव देखाएका थिए । 

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा गरी एकै परिवारका ६ जनाको हत्या भएको थियो । 



प्रहरी नियन्त्रणमा रहेका २६ वर्षीय लोकबहादुर कार्की हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिजा हुन् । 



प्रहरीको प्रारम्भिक बयानमा लोकबहादुरले रिसिबीका कारण हत्या गरेको स्वीकारेका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हत्या भएको दिन विहान तेजबहादुर र लोकबहादुरबीच सामान्य विवाद भएको थियो । 

यही विवादका कारणले आवेगमा आएर लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १३:१०:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया