संखुवासभा हत्या प्रकरण  : पक्राउ परेकामाथि अनुसन्धान हुँदै, आरोपीलाई भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने
फरकधार / २६ भदौ, २०७८

संखुवासभा हत्या प्रकरणमा प्रहरीले आज एकजना पक्राउ गरेको छ । हत्या भएको पाँच दिनपछि प्रहरीले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई नियन्त्रणमा लिएको हो ।



प्रहरीले मादी-१ उम्लिङका लोकबहादुर कार्कीलाइ नियन्त्रणमा लिएको छ । कार्की  मारिएका ५२ वर्षीय तेजबहादुर कार्कीका नाता पर्ने हुन् ।  पक्राउ परेका लोकबहादुरले २१ भदौमा तेजबहादुर कार्कीसहित ६ जनाको विभत्स हत्या गरेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लोकबहादुर एक्लैले आवेगमा आएर तेजबहादुरसहित ६ जनाको ज्यान लिएको खुलेको एक प्रहरी अधिकारी बताउँछन् । घटनाको बारेमा गहन अनुसन्धान भइरहेकोले यसको विस्तृत जानकारी भोलि पत्रकार सम्मेलन गरेर दिने प्रहरीले तयारी गरेको छ । 



संखुवासभामा जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी लालध्वज सुवेदीले यो घटनाको विस्तृत जानकारी भोलि पत्रकार सम्मेलन गरेर दिइने बताए ।



उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ, धेरै कुरा अझै बुझ्दै छौं । केही कुराहरू जानकारीमा आएको छ । त्यसैले पूर्ण अनुसन्धान गरेर भोलि पत्रकार सम्मेलन गर्ने प्रहरीको तयारी छ ।’ 

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १३:१८:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया