संखुवासभा हत्याकाण्डका आरोपीलाई भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने

संखुवासभा हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका मादी नगरपालिका–१ का लोकबहादुर कार्कीलाई प्रहरीले भोली सार्वजनिक गर्ने भएको छ । एकै परिवारका ६ जनाको हत्या भएको पाँच दिनपछि प्रहरीले आज लोकबहादुरलाई पक्राउ गरेको हो । 

‘भोली विहान पत्रकार सम्मेलन गरी सबै सार्वजनिक गर्छौं । आरोपिलाई पनि सार्वजनिक गर्नेछौं,’ संखुवासभा प्रहरी प्रमुख लालध्वज सुवेदीले फरकधारसँग बताए । इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ । 

नाताले लोकबहादुर मारिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिजा हुन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लोकबहादुर एक्लैले आवेगमा आएर तेजबहादुरसहित ६ जनाको ज्यान लिएको देखिएको छ । 

‘अहिले अनुसन्धान भइरहेको छ । धेरै कुरा अझै बुझ्दै छौं । केही कुराहरु जानकारीमा आएको छ,त्यसैले पूर्ण अनुसन्धान गरेर भोली पत्रकार सम्मेलन गर्ने प्रहरीको तयारी छ,’ सुवेदीले भने ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १४:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया