भारतका चर्चित गीतकार जाभेदअख्तरले तालिबानप्रति गरेको व्यवहारलाई लिएर विश्वका लोकतान्त्रिक राष्ट्र तथा नेताहरुको आलोचना गरेका छन् ।
कथित सभ्य तथा लोकतान्त्रिक देश र नेताहरुले तालिबानसँग हात मिलाउन खोज्नुलाई लाजमर्दो कुरा भएको टिप्पणी उनले गरेका छन् ।
उनले तालिबानलाई मान्यता नदिन विश्वका देश तथा नेताहरुलाई अनुरोध गरेका छन् । उनले समाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो अनुरोध गरेका हुन् ।
‘प्रत्येक उदार व्यक्ति, प्रत्येक लोकतान्त्रिक सरकार र विश्वका हरेक सभ्य समाजले महिलामाथि भएको क्रुर दमनका कारण तालिबानलाई मान्यता दिन हुँदैन । तालिबानको निन्दा गर्नुपर्छ वा न्याय, मानवता र विवेक जस्ता शब्दहरूलाई बिर्सनुपर्छ,’ अख्तरले भनेका छन् ।
अख्तरले तालिबानको प्रवक्ताको पनि आलोचना गरेका छन् । ‘तालिबानका प्रवक्ताले विश्वलाई बताइदिए की महिला मन्त्री बन्नको लागि होइन, घरमा बस्न र बच्चा जन्माउनुको लागि हुन् । तर विश्वको कथित सभ्य तथा लोकतान्त्रिक देश तालिबानसँग हात मिलाउनको लागि तयार छन् । यो लाजमर्दो कुरा हो,’ उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।