२०२० को मार्चपछि पहिलोपटक सान्टियागो बर्नाबेउ फर्कँर्दै रियल

स्पेनिस ला लिगा अन्तर्गत आइतबार (आज)रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा सेल्टा भिगोको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ । 

रियल यही खेलमार्फत लामो समयपछि आफ्नो घर फर्किन लागेको हो । सान्टियागो बर्नाबेउको पुर्नः निमार्णका कारण उसले वैकल्पिक मैदान अल्फ्रेडो डि स्टेफानोमा खेल्दै आएको थियो ।    

रियलले पछिल्लोपटक सन् २०२० को मार्च १ मा सान्टियागो बर्नाबेउमा खेल्दा चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना विरुद्ध २-० को जित निकालेको थियो । 

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्नो घर फर्किन पाउँदा निकै खुसी लागेको बताएका छन् । 

पेरेजले भने, ‘सान्टियागो बर्नाबेउमा फुटबल फर्कँदै छ । यो निकै रोमाञ्चक क्षण हो । तर, यो अवधि हामीलाई मात्र नभएर सबैका लागि कठिन थियो ।’
 
लिग अन्तर्गत आजै हुने अन्य खेलमा एट्लेटिको मड्रिडले स्पान्योल, ओसासुनाले भ्यालेन्सिया र काडिजले रियल सोसिडाडको सामना गर्नेछन् । 
 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १२:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया