एमालेले रोकेन संसद अवरोध, सभामुखसँगको छलफलपछि पनि पुन: विरोध कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको अर्को बैठक पनि अवरुद्ध गरेको छ । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । 

बैठक सहज तरिकाबाट चलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले एमाले नेताहरूसँग परामर्श गरे । तर, स्थगित भएको बैठक सुरु भएपछि पनि सांसदहरूले अवरोध कायम राखिरहेका छन् । 

सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए । 

प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएसँगै एमालेले निरन्तर विरोध गरिरहेको छ । एमालेले प्रमुखतः सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै आएको छ । 

संसद बैठकअघि सुरु भएको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अवस्था अनुसार संसद बैठक विरोध गर्न सांसदहरूलाई सुझाएका थिए । ‘पदीय मर्यादा कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’ लगायतका नारा सांसदहरूले लगाइरहेका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १४:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया