पहिलाे हाफमा गाेलरहित बराबरी

नेपाल र बंगलादेशबीच दशरथ रंगशालमा जारी दाेस्राे अन्तर्राष्ट्रिय  मैत्रीपूर्ण  खेलकाे पहिलाे हाफ गाेलरहित बराबरी भएकाे छ ।

दुवै टाेलीले पाएका केही अवसरलाई गाेलमा परिणत गर्न सकेनन् । 

खेलकाे छैटाैं मिनेटमा नेपाली गाेलरक्षक अञ्जना  राना मगरकाे गल्तीमा  सुवर्ण अवसर पाए पनि त्यसलाई बगंलादेशी खेलाडीले सदुपयाेग गर्न सकेनन् ।

आठाैं मिनेटमा  अमृता  जैसीकाे प्रहारलाइ बंगलादेशी गाेलरक्षक रूप्ना चक्माले बचाइन् ।

१० औं मिनेटमा  सरु लिम्बुकाे प्रहारलाई रुक्माले नै बिफल बनाउँदा नेपाल अग्रता  लिनबाट चुक्याे ।

३० ‍‍‍औं मिनेटमा श्रीमाेती सरकारकाे प्रहार क्रस बारमा लागेर बाहिरिँदा बंगलादेशले अग्रता लिन सकेन ।



४३ औं मिनेटमा विमला चाैधरीले पाएकाे राम्रो अवसरलाई  सदुपयाेग गर्न सकेनन्।

नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध खेलेका सात खेलमध्ये कुनै पनि खेलमा नेपाल पराजित भएको छैन ।



  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १७:५५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया