गण्डकी प्रदेशका मन्त्री मनाङे आफ्नै सम्पत्तिबारे अनभिज्ञ

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले आफ्नो सम्पत्तिबारे आफैँ अनभिज्ञ रहेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो सम्पत्ति कति छ भन्ने जानकारी नै नभएको बताएका हुन् ।

आफूले पहिलो श्रीमतीलाई पनि सम्पत्ति दिइसकेको र छोराहरूका नाममा पनि राखिदिएको उल्लेख गर्दै भने, ‘अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ । म आफैँ कन्फ्युज छु कि मसँग के छ, के छैन भन्ने कुरा ।’

उनले सम्पत्ति शुद्धीकरण मुद्दाबाट आफूले सफाइ पाइसकेको दाबी गरेका छन् । आफ्नो पुरानो सम्पत्ति मुद्दा रहेको र त्यो सम्पत्ति पनि बढेको उनले बताए ।

उनले भने, ‘अहिलेसम्म मसँग केही पनि छैन । भोलि कसैले दिन्छु भन्दै आउला ।’





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार २०:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया