आइसिसी विश्वकप लिग-२ अन्तर्गतकाे त्रिकाेणात्मक सिरिज अगाडि नै खेल्नुअघि अमेरिकाका दुई खेलाडी घाइते भएका छन् ।
मध्यक्रमका प्रमुख ब्याट्सम्यान आरोन जोन्स र तीव्र गतिका बलर जेसी सिंह चोटका कारण सिरिजबाट बाहिरिएका हुन् ।
जोन्सको बायाँ हात भाँचिएको छ । अमेरिकाका उपकप्तान समेत रहेका जोन्स सिरिजबाट बाहिरिनु अमेरिकाका लागि ठूलो घाटा हुनेछ ।
सिंहले भने साइड स्ट्रेनको कारण सिरिज गुमाउने भएका हुन् । अमेरिकाले सिंहको स्थानमा तीव्र गतिका बलर काइल फिलिपलाई टोलीमा राखेको छ ।
जाेन्सकाे स्थान संजय कृष्णमुर्तीले लिनेछन् ।
सिरिजको पहिलो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।