सभामुखमाथि कोमल ओलीको टिप्पणी : एउटै पद, दुईवटा चिन्तन !

राष्ट्रियसभा सांसद कोमल ओलीले सभामुख अग्निप्रसाद सापकोटाको खरो आलोचना गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उपस्थित भएकी सांसद ओलीले ‘कुर्सीको महत्व नबुझ्नेले कुर्सीमा बस्ने अधिकार नभएको’ टिप्पणी गरिन् । 

उनले भनिन्, ‘जसले कुर्सीको महत्व बुझ्नै त्यस्ता व्यक्तिलाई कुर्सीमा बस्ने अधिकार हुँदैन । हिजो रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका माननीयहरूलाई एमालेको विश्वास छभन्दा सांसदको पद जाने, माधव नेपालजस्तो पार्टीको ह्वीप नमान्नेहरूले पार्टीलाई विखण्डन गर्दा उहाँहरूको पद रहिरहन्छ ?’

साथै, उनले एउटै पदमा रहेको व्यक्तिमा दुईवटा चिन्तन देखिएको बताइन् । उनले भनिन्, ‘एउटै पदभित्र दुईवटा चिन्तन, एउटै पदभित्र दुईवटा बोली ? यो प्रवृत्तिले स्थायित्व प्राप्त गर्न सक्छ ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थाको कुनै जिम्मेवारी दिन हुँदैन ।’

आफ्नो पहिचान र इतिहास भुल्नेहरूबाट संसदीय व्यवस्थाको रक्षा कसरी हुन्छ ? भन्दै उनले प्रश्नसमेत गरिन् । उनले भनिन्, ‘अर्काको पार्टी फुटाउन त्यो पनि संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने त्यो पार्टी नेपाली कांग्रेसले यस्तो गलत अध्यादेश ल्याउन मिल्छ ? आफ्नो पहिचान, आफ्नो इतिहास भुल्नेहरूबाट नेपालको संसदीय व्यवस्थाको रक्षा कसरी हुन्छ ?’

ओलीले अघि भनिन्, ‘अहिले विचित्रको अभ्यास गरिएको छ-परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी । परमादेशको सरकार र अध्यादेशको पार्टी लोकतन्त्रको उपहास हो । यी दुवैले सुरु गरेको विकृति र विसंगतिबाट लोकतन्त्र संकटमा पर्दछ । यो निश्चित हो । यो कसका विरुद्ध गरिएको छ भने, नेकपा एमालेलाई सामना गर्न नसक्ने हुतिहाराहरूको प्रयास हो । संवैधानिक व्यवस्था अनुसार विधि र प्रक्रिया विपरित गएर संसदीय मर्यादाको उल्लघंन गर्ने सांसदहरूलाई पार्टीले निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कुनै स्वार्थका निम्ति, कसैको विनाशका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीको अपमान गर्न मिल्छ ?’





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १४:५७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया