सुदूरपश्चिममा त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई समर्थन गर्ने एकीकृत समाजवादी दलको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्री सुदूरपश्चिममा त्रिलोचन भट्टको नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलोपटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको प्रदेशसभा सदस्य दुर्गा विकले जानकारी दिइन् । विकले संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको पनि बताइन् ।

यसैगरी, एकीकृत समाजवादीलाई प्रदेशसभाको सबैभन्दा ठूलो दल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ । संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा सामान्य छलफल भए पनि टुंगोमा पुग्न नसकेको जनाएको छ । 

संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको जनाएको छ ।

एकीकृत समाजवादीको संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङलगायत आकांक्षी छन् ।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १८:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया