इजरायलका लागि केयरगिभरको भाषा परीक्षाको नतिजा प्रकाशित, २ हजार ३९ जना पास

इजरायलमा केयरगिभरका लागि लिइएको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । हिजो सोमबार लिइएको परीक्षा नतिजा आज सार्वजनिक गरिएको हो । वैदेशिक रोजगार विभागले लिएको परीक्षामा २ हजार ३९ जना पास भएका छन् । तीमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् ।  ​

ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच गरिएकाले नतिजा छिटो आएको विभागले जनाएको छ । परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए । भने ६९२ जना अनुपस्थित रहेका थिए । 

अब भाषा परीक्षा पास भएकाहरुको असोज १ देखि ३ गतेसम्म उचाई तथा तौल परीक्षण हुनेछ । उक्त परीक्षणमा पास भएकाहरूले असोज ४ गतेदेखि अन्तरवार्ता दिनुपर्नेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिने विभागले जनाएको छ ।  

छनोट भएकाहरुको सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् । 
 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १५:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया