जाजरकोटमा जिप दुर्घटनामा भएको छ । खाराबाट कालिमाटीतर्फ जाँदै गरेको भे१क ९८७ नम्बको जिप नलगाड नगरपालिका–५ खारा, गेरेनी सडक खण्डको गेरेनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख मधुकुमार थापाले जानकारी दिए ।
नलगाड नगरपालिका–२ का ३५ वर्षीय शान्ति रोकाय र जुम्ला घर भई जडीबुटीको काम गर्ने मंगल महतराको घटनास्थलमै मृत्यु भएको थापाले बताए ।
मृत्यु भएकी महिलाको टाउकोमा जिपको झ्यालको सिसाले काटेको छ भने पुरुषलाई गाडीले किचेको छ ।
घाइतेहरुको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको थापाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।