एप्पलले ल्यायो एप्पल वाच सिरिज सेभेन, यस्ता छन् फिचर्स

एप्पलले आफ्नो अत्यन्त मन पराइएको वाच सिरिजमा नयाँ सिरिज थपेको छ । आज एप्पलले एप्पल वाच सिरिज ७ सार्वजनिक गरेको हो । 

विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुनेछन् ।

एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको छ । 

यति  मात्र होइन, नयाँ डिजाइनमा आएको यो एप्पल वाच सिरिजले इबाइक फिचर पनि सपोर्ट गर्ने भएको छ ।

नयाँ डिजाइनमा आए पनि यसले पुराना ब्याण्ड पनि सपोर्ट गर्ने भएको छ । 

यसको मूल्य ३ सय ९९ डलरबाट सुरु हुने एप्पलले जनाएको छ ।






  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ०:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया