च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्वीस टोली योङ ब्वाइजसँग पराजित भएको छ । 

१० खेलाडीमा सीमित युनाइटेड सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली योङ ब्वाइजसँग २–१ ले स्तब्ध बनेको हो ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित बन्यो । क्रिस्टोफर मार्टिनलाई फउल गरेपछि आरोन वान बिसाका रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए । 

६६औं मिनेटमा निकोलस नग्मलुको गोलमार्फत योङ ब्वाइज खेलमा फर्कियो ।  थप गरिएको समयमा थियोसन सिबाट्चेउले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।

यो खेलसँगै क्रिस्टियानो रोनाल्डोले सर्वाधिक च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमानसँग बारबरी गरेका छन् ।



रोनाल्डोले इकर क्यासिलासको १७७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

जितसँगै समूह ‘एफ’ मा योङ ब्वाइजले महत्वपूर्ण ३ अंक जोड्दा युनाइटेडले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।



सोमबार राति नै भएको यही समूहको अर्को खेलमा भिल्लारियल र एट्लान्टाले २–२ को बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत नै भएको समूह ‘जी’ का खेलमा सेभियाले साल्जबर्वसँग १–१ तथा लिलले उल्फ्सबर्गसँग गोलरहित बराबरी खेले ।
 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ६:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया