आजदेखि कक्षा १२ को परीक्षा, देशभरबाट ३ लाख ७४ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
फाइल फाेटाे

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट सुरु गर्न लागेको हो । असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी हुँदै छन् । यसअघि साउन ३१ गतेबाट तय भएको परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियाे । 

परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाएको थियो । परीक्षाका लागि ४ हजार ३१५ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यसपटक आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।  

बोर्डले इमेलमार्फत नै प्रश्नपत्र पठाउने भएको छ । इन्टरनेट नपुगेका ११३ केन्द्रमा यसअघि नै प्रश्नपत्र पठाइएको र अरूमा परीक्षा हुनुभन्दा आधा घण्टा अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए । 

कोरोना संक्रमित विद्यार्थीको लागि भने पछि परीक्षा दिने व्यवस्था मिलाइएको छ। नियमित परीक्षा सकेलगत्तै अर्को सूचना जारी गरी छुटेका विद्यार्थीका लागि परीक्षा सञ्चालन गरिने पौडेलले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ७:४६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया