कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु

कञ्चनपुर कृष्णपुर नगरपालिका-५ गुलरियामा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । 

बुधबार बिहान कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकलमा सवार स्थानीय कृष्ण बहादुर ऐरकाे मृत्यु भएकाे हाे ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका ऐरलाई सेती अस्पतालमा लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ । ऐरलाई साइकलमा दुध लग्दै गर्दा एम्बुलेन्सले ठक्कर दिएको थियो ।

ठक्कर दिने एम्बुलेन्स रेडक्रम उपशाखा बाँस्खेडा ऐरीको रहेको प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि गुलरिया बजारमा चक्काजाम गरिएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका छन् ।
 





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ११:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया