प्रज्ञा प्रतिष्ठानको बालकविता महोत्सव

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा बालकविता महोत्सव’को आयोजना गरेको छ । राष्ट्रिय बाल दिवस-२०७८ को अवसर पारेर बालकविता महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा देशभरका ३५ बालबालिकाले कविता वाचन गरेका थिए । देशभरबाट ४० बालबालिका महोत्सवका लागि छनौट भएका थिए । छानिएकामध्ये ३५ जना बालबालिकाले सहभागी भएर कविता सुनाएका हुन् ।

बालसाहित्यको प्रवर्द्धनका लागि बालकविता महोत्सवको आयोजना गरिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताएका छन् । उनले बालबालिका नयाँ शील्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको जानकारी गराए ।

प्रज्ञा बालकविता महोत्सव-२०७८ को औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका साहित्य (कविता/काव्य) विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले कस्तो उमेरका बालबालिका भन्ने सन्दर्भमा १८ वर्ष उमेर मुनिकालाई भन्ने कानुनले नै तोकेको र त्यो सङ्ख्या ४० प्रतिशत रहेको उनले उल्लेख गरे ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १२:१७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया