कम्युनिस्ट पार्टीमा ध्रुवीकरण इतिहासको आवश्कयता : रायामाझी

नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायामाझीले कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरण तथा फुट आउँदा आक्रोशित र निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । 

‘देशको राजनीतिक स्थिति उतारचढावबीच अघि बढेको छ । कम्युनिस्ट पार्टीमा ध्रुवीकरण भइरहेको छ’, आज बुटबलमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरण र फुट आउँदा आक्रोस र निराशा आउँन सक्छ । हामी निराश हुनु पर्ने जरुरी ठान्दिनँ । यो इतिहासको आवश्यकता हो ।’  

अहिले देशमा राजनीतिक क्रान्तिको कुनै एजेण्डा नरहेको उनले बताए । संविधान जारी भएपछि विकास र समृद्धिको एजेण्डा मात्र रहेको उनले जनाए । 
‘असफल नेता र पार्टीलाई पूरा ध्वस्त गरेर एमाले पुनः सत्तामा आउन जरुरी छ’, रायमाझीले भने । 


 





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १५:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया