नेकपा एमालेका महासचिव विष्णु पौडेलले ‘कांग्रेसका पछि लागेर को वामपन्थी हुन्छ ?’ भनेर प्रश्न गरेका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले यस्तो प्रश्न गरेका हुन् । उनले अघि सोधे, ‘म सोध्न चाहन्छु, कांग्रेसका पछि लागेर कोही वामपन्थी हुन्छ ? कांग्रेसको पछि लाग्ने, दक्षिणपन्थीको पछि लाग्ने अनि भन्ने वामपन्थी ?’
सभालाई सम्बोधन गर्दै उनले भने, ‘म सोध्न चाहन्छु, कांग्रेसका पछि लागेर कोही वामपन्थी हुन्छ ? कांग्रेसको पछि लाग्ने, दक्षिणपन्थीको पछि लाग्ने अनि भन्ने वामपन्थी ?’
साथै, उनले एमाले विभाजन नभएको तर केही स्वार्थी समूह अलग्गिएर गएको बताए । उनले भने, ‘नेकपा एमालेभित्रका केही स्वार्थी समूहलाई साथ लिएर एमालेलाई कब्जा गर्ने, यदी एमालेलाई कब्जा गर्न सकिएन भने ती स्वार्थ तत्वहरूलाई अलग्याएर एमालेलाई कमजोर पार्ने प्रयास भएको हो ।’
‘हामीले एमालेको नेतृत्वलाई जोगाएर जानसक्ने आधार थियो । तर, नेकपा एमालेको संसदीय दलको नेताले एमालेको तर्फबाट निर्वाचित भएको प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदा एमालेकै सांसदले मत दिएनन् । यो तहको अराजकता, अनुशासनहीनता कुनै पनि राजनीतिक पार्टीमा अपेक्षा गरिँदैन,’ पौडेलको भनाई छ ।
माधव नेपाल र प्रचण्डहरूको लडाईं स्वार्थकेन्द्रित भएको बताउँदै उनले भने, ‘यो सिद्धान्त केन्द्रीत लडाई थिएन, स्वार्थकेन्द्रित थियो । पार्टीभित्र लडाईं लड्ने अरु तरिका थिए । आफ्नो नेतृत्वको पार्टी गिराएर कांग्रेस नेतृत्वको सरकार निर्माण गर्ने, अनि भन्ने वामपन्थी शक्तिको निर्माण गर्ने भनेर ।’
एमालेलाई विभाजन गर्ने यो कोसिस कुनै मानेमा सफल नहुने बताउँदै उनले भने, ‘हामी एमालेलाई विभाजित हुन दिने छैनौं ।’
‘शेरबहादुर देउवाको शरणमा अध्यादेश ल्याएर एमाले विभाजन गर्न खोजिएको छ । केही मानिसहरु स्वार्थी तत्वहरु अलग्गिएर गएका छन् । माधव नेपालमार्फत कांग्रेसलाई सघाउनुभन्दा सिधै जाने बाटो छँदैछ नि । त्यो पनि कुनै हिँड्ने बाटो हो । माधव नेपालमार्फत कांग्रेसको सहयोग गर्नु कुनै जरुरत छैन् ,’ पौडेलको भनाई छ, ‘देउवा नेतृत्वको सरकारले दुई महिनासम्म मन्त्रिपरिषद पूर्णता दिन सकेको छैन् । मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको सरकारले काम गर्न सक्छ ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।