श्रीलंकन ब्याट्सम्यान ओशाडा फर्नान्डोले प्रिमियर लिग (इपिएल) साविक विजेता ललितपुर प्याट्रियट्सबाट इपिएल खेल्ने भएका भएका छन् ।
बुधबार ललितपुरले चौथो विदेशी खेलाडीका रुपमा फर्नान्डोलाई अनुबन्ध गरिएको सामाजिक सञ्जालमार्फत जनाएको हो ।
यसअघि ललितपुरले अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भुटानका ब्याट्सम्यान रानजुंग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लेकलाई अनुबन्ध गरेको थियो ।
६ फ्रेन्चाइज टिमले सहभागिता जनाउने इपिएलको चौथो संस्करण असोज ९ देखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।