अनेरास्ववियू (क्रान्तिकारी) पर्साको छैटौँ जिल्ला सम्मेलन सुरु

अनेरास्ववियू (क्रान्तिकारी) पर्साको छैटौँ जिल्ला सम्मेलन बुधबारबाट सुरु भएको छ । वीरगञ्ज सभागृहमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङको प्रमुख आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न भएको हो । 

कार्यक्रममा तामाङले कार्यक्रमको शुभकामना दिँदै असल, इमान्दार र नेतृत्व गर्न सक्ने व्यक्तित्व छान्न आग्रह गरे । अब यो मुलुकमा शिक्षा, रोजगार र समृद्धि मात्र माओवादी पार्टीले मात्र ल्याउने सक्ने हुनाले यस संगठनमा लाग्न उनले आग्रह गरे । 

यसैगरी माओवादी केन्द्रका नेता तथा वीरगञ्ज महानगरपालिकाका नगर इन्चार्ज रहबार अन्सारीले पार्टीका युवाहरुलाई कसैको झोला नबोक्न आग्रह गरेका थिए । विद्यार्थी जीवनबाटै नै राजनीतिक जीवनको आरम्भ हुने भएकोले संगठनमा इमान्दारीपूर्वक काम गर्न र झोले नेताहरुको पछि नलाग्न उनले आग्रह गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्र पर्सा जिल्ला संयोजक विजय महतो, अनेरास्ववियू क्रान्तिकारीका वीरगञ्ज महानगर अध्यक्ष विवेक साह, क्रान्तिकारीका प्रदेश नं २ का सहसंयोजक प्रभाकर गुप्तालगायतले शुभकामना व्यक्त गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १८:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया