सरकारले ब्यूँतायो राष्ट्रिय भूमि आयोग

सरकारले यसअघि विघटन गरेको राष्ट्रिय भूमि आयोग ब्यूँताएको छ । यो आयोगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले केशव निरौलालाई अध्यक्ष तोकेको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वले यो आयोगमा भूमिसम्बन्धी समस्या समाधान गर्न देवी ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो । तर, देउवा सरकारले यसलाई खारेज गरेको थियो । 

देउवा सरकारले नेपाल शिक्षक संघका पूर्वअध्यक्ष निरौलालाई अब आयोगको जिम्मेवारी दिएको हो ।

आयोगका अध्यक्ष निरौलाले आजै प्रधानमन्त्री देउवासमक्ष सपथ पनि लिएका छन् । उनले सपथ लगत्तै प्रतिक्रिया दिँदै आफूले सुकुम्बासीका समस्यालाई हटाउन प्रयास गर्ने बताएका छन् ।

हेर्नुस्, उनको भिडियो— 





  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १९:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया