खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी सम्पन्न

वीरगन्जमा खाद्य उद्योगी तथा व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजना तथा वीरगञ्ज उद्योग वाणिज्य संघको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा खाद्य प्रविधिका प्रमुख विक्की राउतले वीरगञ्जमा रहेको होटल व्यवसायी लगायत खाद्य प्रविधिसंग आबद्ध संघ संस्थाहरुलाई वर्तमान अवस्थाको बारेमा विस्तृत जानकारी गराएका थिए  । 

उनले वीरगञ्जलगायतको क्षेत्रमा धेरै कालो बजारी, अव्यवस्थित बजारीकरण, दूषित खाद्यपदार्थ लगायतको विषयमा प्रकाश पारेका थिए । नेपालीहरूको महान पर्व वडा दशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरी कडाइका साथ अगाडि बढ्ने उनले बताए । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका खाद्य प्रमुख विपिनलाल दासले सहभागीले सोधेका प्रश्नहरूको उत्तर दिएका थिए । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले पर्सा जिल्ला आर्थिक नगरीको रुपमा चिनिने हुनाले यहाँका आमजनतालाई स्वच्छ र शुद्ध खानपानको व्यवस्थापनमा आफूहरुको तर्फबाट कुनै कमीकमजोरी नआउने ढंगले काम गर्ने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले आजको गोष्ठीमा सहभागीबाट आएको सलाह–सुझाबलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग सहकार्य गरेर उद्योग वाणिज्य संघले हरसम्भव सहयोग गर्ने बताए । 



किनमेल गर्दा ठगी गर्ने र दशैँको बेला बजार अव्यवस्थित हुने भएकाले यसमा प्रशासन र खासगरी सञ्चारकर्मीको सहयोग लिएर सबै समस्यालाई सम्बोधन गर्ने उनले बताए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, सचिव अरविन्द अमात्यलगायतको उपस्थिति थियो ।



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १९:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया