नसिरुद्दीन शाह भन्छन्– एक भाषामा ‘अ’ लेख्न चाहन्छु

विख्यात कलाकार नसिरुद्दीन शाहको आवाजमा रेकर्ड गरिएको प्रसिद्ध कवि मंगलेश डबरालको कविता यतिखेर निकै चर्चामा छ । हिन्दी दिवसको अवसर पारेर शाहले डबरालको कविता वाचन गरेका हुन् । उक्त कविता बिबिसी हिन्दीले आफ्नो अनलाइनमा राखेको छ ।

एकजना लोकप्रिय कलाकारले अर्का लोकप्रिय कविको कविता आफ्नो आवाजमा रेकर्ड गराउनुलाई सम्मानका रुपमा हेरिएको छ ।

‘एक भाषामा अ लेख्न चाहन्छु’ शीर्षकको उक्त कविता नेपालमा पनि उत्तिकै प्रख्यात छ । डबरालको उक्त कविता नेपाली भाषामा यसअघि पनि अनुवाद भएर प्रकाशितसमेत भइसकेको छ । यहाँ पुनः सोही कविताको नेपाली रुपान्तरण प्रस्तुत छ :

एक भाषामा अ लेख्न चाहन्छु
अ बाट अनार अ बाट अम्बा
तर, लेख्न पुग्छु म अ बाट अनर्थ र अ बाट अत्याचार
कोशिस गर्छु क बाट कलम या करुणा लेखूँ

तर, म लेख्न पुग्छु क बाट क्रुरता क बाट कुटिलता
अहिलेसम्म ख बाट खरायो लेख्दै आएको हूँ
तर, ख बाट अब कुनै खतराको संकेत आउँछ
म सोच्थेँ फ बाट फूल नै लेखिन्छ
एकदम धेरै फूल

घरबाहिर घरभित्र मनुष्यको भित्र
तिनको आत्मामा
तर, मैले देखेँ तमाम फूल गइरहेका थिए
हत्याराहरुको गलामा माला बनेर पहिरनका लागि
कोही मेरो हात पक्रन्छ र भन्छ
भ बाट लेख भय जुन अब हरेक स्थानमा कायम छ
द दमन र प पतनको प्रतीक हो



आततायीहरुले लुटेका छन् हाम्रा सबै वर्णमाला
तिनले भाषालाई हिंसा बनाइदिएका छन्
एक समाजको हिंसा
ह लाई हत्याका निम्ति सुरक्षित गरेका छन्
हामी जति नै हल र हरिण लेखौं
तिनले ह बाट हत्या लेखिरहेका छन् हरेक समयमा

(हिन्दीबाट अनुवाद राजेन्द्र पराजुली)
 



  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १०:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया