धादिङमा ५ किलाे अवैध लागूऔषध चरेससहित एकजना पक्राउ परेका छन् ।
धुनिवेशी नगरपालिका-६ नौबिसेस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध चरेससहित सिरहा सुखिपुर नगरपालिका-२ बस्ने १९ वर्षीय अर्जुन यादव मंगलबार बिहान पक्राउ परेका हुन् ।
शंकास्पद रूपमा हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेससहित फेला पारी उनलाई पक्राउ गरिएकाे हाे ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।