एमाले अध्यक्ष केपी ओली भेट्न कानुनमन्त्री कार्की बालकोटमा
एमाले अध्यक्ष केपी शर्मा ओली

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले फरकधारलाई दिएको जानकारीअनुसार कार्की केही समयअघि बालकोट पुगेका हुन् ।

पछिल्लो समय प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा अवरोध गरिरहेको एमालेलाई सहजीकरणका लागि अनुरोध गर्न कानुनमन्त्री कार्की एमाले अध्यक्ष ओली भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज दिउँसो भएको भेटपछि कार्की बालकोट देउवाको सन्देश लिएर पुगेका हुन् ।

आजमात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढले संसदको गरिमा नबचाएको टिप्पणी गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २०:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया