दसैंमा नयाँ बाइक तथा स्कुटर किन्ने हो ? यस्तो छ अफर

नेपालमा विशेषगरी नयाँ वर्ष, प्रमुख चाडपर्व तथा विभिन्न उत्सव सुरु भएसँगै नयाँ बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरूले विभिन्न अफरहरू दिदैँ आएका छन् ।  बाइक कम्पनीहरूले ग्राहकलाई आकर्षण गर्न तथा साधन बिक्री गर्नका लागि यस्ता अफर र छुट हरेक वर्ष ल्याउने गरेका छन् । 

दसैंको माहोल सुरु भएसँगै बाइक कम्पनीहरूले नगद छुट, विभिन्न अफर, सर्भिसिङ स्किमदेखि स्क्र्याच कुपनका अफर सार्वजनिक गर्न थालेका हुन् । दुई पाङ्ग्रे सर्वसाधारणमा आकर्षण छ । ठूला चाडपर्व आएसँगै यस अवसरमा बाइक र स्कुटर बिक्रेताले विभिन्न प्याकेज ल्याएका छन् ।  

कुन कम्पनीका के कस्ता अफर र प्याकेज ?

बजाजको बाइक किन्दा १० लाखसम्मको पुरस्कार

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बाइक खरिदमा १ लाख १० हजार रुपैयाँ नगद छुटको अवसर ल्याएको छ।  साथै यस कम्पनीले १० लाख रुपैयाँसम्म पुरस्कारको घोषणा गरेको छ ।

कम्पनीले चाडपर्वलाई ध्यानमा राख्दै ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको हो । कम्पनीले ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले १० हजार, खरिदको दौरानमा १ लाख र किनेपछि बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट १० लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्ने योजना ल्याएको छ ।



यामाहाको बाइक किन्दा १२ तोला सुन 

बजारमा प्रतिष्ठित अर्को कम्पनी यामाहा मोटर साइकल तथा स्कुटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले पनि नयाँ अफर ल्याएको छ । कम्पनीले भदौ १६ गतेबाट ‘रेस फर द एस अफर’ ल्याएको हो । 



सो योजना अन्तर्गत उपभोक्ताहरूले यामाहा २ पांग्रे सवारी साधन खरिद गर्दा तत्कालै स्योरसट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट पाउन सकिने छ ।  यस्तै लक्की ड्रमा हरेक हप्ता एकजनालाई ४ तोला सुनको एक्कातास दिने जनाएको छ ।

कम्पनीले विजेताले लक्की ड्रकोभन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको उपहार पाउन सकिने छ । 

टिभिएसको ५ हजार ९९९ रुपैयाँ किस्तामा नयाँ बाइक

टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चाडपर्व अफर अन्तर्गत ५ हजार ९९९ रुपैयाँ मासिक किस्तामा नयाँ बाइक किन्न सकिने अफर ल्याएको छ । 

कम्पनीले चाडपर्वका लागि नै ‘ग्राण्ड एक्सचेन्ज मेला’ असोज १ गते भृकुटीमण्डपमा सुरु गरेको छ । टिभिएसको मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकल एक्स्चेन्ज गर्ने कुनै पनि ग्राहकले डाउन पेमेन्ट गर्नु नपर्ने योजना ल्याउने जनाएको छ ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्‍याएर मोटरसाइकल किन्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल, एक्स्चेन्जमा मूल्यांकनभन्दा १० हजार थप एक्स्चेन्ज बोनस, दशैं स्कीममा ल्याएको स्क्र्याच कार्डमार्फत् किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने जनाएको छ ।

मोटरहेडको गोलाप्रथाबाट १ लाखसम्म छुट

नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले भदौ २४ गतेदेखि चाडपर्व अफर ल्याएको छ । दसैं, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर सार्वजनिक गरेको हो । 

मोटरहेडका जुनसुकै मोटरसाइकल खरिदमा १२ हजार नगद छुटदेखि ८ हजार फाइनान्सिङको छुट दिएको छ । यस्तै, कम्पनीले अफर अवधिभर मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीनजना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गर्ने जनाएको छ ।

बेनेलीको बाइक किन्दा २ लाख छुट

बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटिएम इन्टरनेसनल ट्रेडिङले चाडपर्वका लागि थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । 

कम्पनीले मोटरसाइकल किन्नुभन्दा पहिले इ-डिस्काउन्ट अन्तर्गत क्युआर कोड स्क्यान गर्दा १ लाख रुपैयाँ छुट पाउने अफर ल्याएको हो ।  

मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर अन्तर्गत १ लाख र मोटरसाइकल किनिसकेपछि ५ हजार रुपैयाँसम्मको हेल्मेट र अन्य विभिन्न गिफ्ट गरी २ लाख ५ हजारसम्मको छुट दिने जनाएको छ ।

होण्डा बिग बाइकमा १५ लाख पुरस्कार

होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले हरेक प्रदेशबाट होण्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गर्ने अफर ल्याएको छ ।

कम्पनीले छुट अविधिभर होण्डाका ग्राहकहरुले स्क्र्याच कुपनमार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार दिने जनाएको छ । 

यस्तै, छुट योजना अन्तर्गत ग्राहकले ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्रदान गर्ने जनाएको छ ।
त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास व्याक, १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत व्याजदरमा होण्डा खरिद गर्न सकिने अफर ल्याएको छ । होण्डा बिग बाइक खरिदमा सहभागी १ जनालाई १५ लाखसम्मको नगद पुरस्कारसमेत दिने कम्पनीले जनाएको छ ।

हिरोको अफर स्क्र्याच कार्ड मार्फत १ लाख नगद

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नगद छुट योजना ल्याएको छ । यस्तै  स्क्र्याच कार्डमार्फत १ लाखसम्मको छुट योजना सार्वजनिक गरेको हो।

कम्पनीले चार्डपर्वलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ डिस्काउन्टको अफर पनि समावेश छ । स्क्र्याच कार्डमार्फत १ लाख तथा बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख रुपैयाँ नगदको घोषणा गरेको हो । यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत व्याजमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध गराउने जनाएको छ ।

सुजुकीको १० हजार पक्का क्यास ब्याक

सुजुकी मोटरसाइकलको आधिकारीक बिक्रेता भिजी अटोमोबाइल्सले ‘दशैं आयो, उमंग छायो, क्यासव्याकको साथै बम्पर पायो’ उपहार योजना सार्वजनिक गरेको छ।

नयाँ सुजुकीको बाइक खरिदमा १० हजार पक्का क्यासव्याक योजना छ । यस्तै नयाँ बाइक दिनेसम्मको अफर पनि सार्वजनिक गरेकाे छ । 

योजना अन्तर्गत कुनै पनि सुजकी ब्राण्डको मोटरसाइकल र स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का क्यासव्याक पाउनुको साथै हरेक दुई सातामा बम्पर पुरस्कारको रूपमा सुजमी बाइक पाउने पक्का रहेको छ । 

बैंक तथा वित्तीय संस्थाको कर्जा 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदको लागि सहजै कर्जा उपलब्ध गराउन थालेका छन् । कर्जा सहजै पाइने, कोभिड संक्रमणको जोखिम कम हुने र आफ्नै सवारी साधन पनि हुने भएकोले पछिल्लो समय निजी सवारी साधनप्रति आकर्षण बढेको विक्रेताहरूको दावी छ ।

  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १३:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया