सुपथमूल्य पसल सञ्चालनमा, छठको भोलिपल्टसम्म चल्ने
फाइल फाेटाे

नेपालीहरूको महान पर्व दसैं, तिहार छठका लागि सरकारले सुपथमूल्य पसल सञ्चालन गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी)को संयुक्त पहलमा देशैभर सुपथमूल्य पसलको शुक्रबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीबाट उद्घाटन गरिएको हो । 

सञ्चालनमा आएका सुपथमूल्य पसलमध्ये काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

काठमाडौंं उपत्यकामा खाद्य व्यवस्था र साल्टको गरेर घुम्ती सेवासहित १३ वटा पसल सञ्चालनमा आउने छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत रहनेगरी थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक भक्तपुरमा चार वटा बिक्री केन्द्र रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी दिएको छ । 

यस्तै साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटीमा २, कोटेश्वर, सतुंगल, जाउलाखेल र भक्तपुरमा गरेर ६ वटा सहुलियत पसल सञ्चालनमा आएका छन् । खाद्य कम्पनी अन्तर्गतको ३९ र साल्टको २६ वटा थप सहुलियत पसलहरू उपत्यका बाहिर रहेका छन् । 

असोज एक गते शुक्रबारदेखि सुरु भएको सुपथ मूल्य पसल छठको भोलिपल्ट अर्थात कात्तिक २४ गते ५५ दिनसम्म चल्नेछ । मन्त्रालयअनुसार शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउनेछन् । 



सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि कोटा तोकिएको छ । जसअनुसार एक व्यक्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छन् भने अन्य वस्तु आवश्यकताअनुसार खरिद गर्न सकिने छ।

दशैं तिहार तथा ठूला चाड पर्वका बेला बजारमा मनोमानी मूल्य निर्धारण भई जनता ठगिने कुरालाई नियन्त्रण गर्न सरकारले नमुना बजारका रूपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको हो । यस्तो पसलमा बजारभन्दा कम्तीमा २ रुपैयाँदेखि १० सम्म छुट पाउने सकिने वाणिज्य मन्त्रालयले जनाएको छ । 



पसलहरूमा नुन प्रति किलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइनेछ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकार शर्मिला सुवेदीले जानकारी दिइन । 
घटस्थापनाको दिनदेखि बजारमा ल्याइने जिउँदो खसी बोकाको मूल्य प्रति किलोमा १० रुपैयाँ सहुलियत पाइनेछ ।

 

  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १४:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया