अनिष ओकिलीको ‘सरिताको दिदी’ मा एसराज र प्रनिमाको ठुम्का

कुनै बेलाका लोकप्रिय सांगीतिक समूह 'ओकिली'का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा स्राेतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत'सरिताको दिदी…' शीर्षकको गीत सार्वजनिक गरेका हुन्।

गीतमा अनिष ओकिलीको स्वर शब्द तथा संगीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा संगीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई संगीतकार राजन इशानले मास्टरिङ गरेका छन् ।

राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ । 

सन्तोष भुजेलको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।

तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका अनिष ओकिली एक परिचित नाम हो । उनका 'मेरी ओकिली', 'गुलाबी जाडो', 'झ्यालबाट हेरी' लगायतका चर्चित गीत रहेका छन् ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १४:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया