कांग्रेस नेता प्रदीप गिरीले सुरु गरे किमो थेरापी

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा किमो थेरापी सुरु गरेका छन् । 

घाटीमा समस्या आएपछि उनी उपचारको लागि नयाँदिल्ली गएका थिए । उपचारको क्रममा उनको घाटीमा क्यान्सर भएको खुलेको थियो । त्यसपछि उनले गुरगाउँमा रहेर आफ्नो उपचार सुरु गरेका हुन् । 

‘उहाँ (प्रदीप गिरी)ले दुई डोज किमो थेरापी लिइसक्नु भएको छ । अब भोली तेस्रो डोज लिनुहुन्छ,’ गिरी निकट एक कांग्रेस नेताले फरकधारलाई बताए । 
सुरुमा गिरी एपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गराएका थिए । पछि उनले मेदान्तमा स्वास्थ्य परिक्षण गराएका हुन् । गिरी नेपाली कांग्रेस भित्रका बौद्धिक नेता मानिन्छन् । 
 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १६:३९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया