धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु

धनुषाको ढल्केवरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु.७२ प.४७९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स.४ प.७९२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा परी स.४ प. ७९२६ नम्बरको मोटरसाइकलका चालक सिरहाको विष्णुपुर गाउँपालिकास्थित नरहाका अन्दाजी ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । 

दुर्घटनामा लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ बस्ने ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेछ ।

मृतक यादवको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १७:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया