शर्मा श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

कर्णाली प्रदेश कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्मा श्रावण महिनाकाे सर्वोत्कृष्ट प्रहरी घाेषित भएका छन् । 

इलाका प्रहरी कार्यालय जयनगर, बर्दिया दरवन्दी भई कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक शर्मा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

नेपाल प्रहरीको विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उनलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुका साथै यस कार्यालयको मातहत जिल्लाहरू समेतमा अपराध नियन्त्रण, लागूऔषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारणले शर्मा सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । 

नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेका शर्मालाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७८ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

शर्माले देशका विभिन्न जिल्लामा रहेर शान्ति सुरक्षा अमनचयनमा तथा नागरिक सुरक्षामा उत्कृष्ट काम गर्दै आएका छन् ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १७:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया