राष्ट्रिय गीतको ट्रेन्ड बदल्दै आकाश

राष्ट्रिय गीतको म्युजिक भिडियो भन्नासाथ दर्शकको आँखामा आउने दृष्य हो- झण्डा । कुनै एउटा सुन्दर डाँडामा पुगेर कलाकारहरूले राष्ट्रिय झण्डा फहराएपछि अधिकांश म्युजिक भिडियो तयार हुन्छन् । प्राय: राष्ट्रिय गीतका म्युजिक भिडियोको सुटिङ एउटै डाँडामा समापन हुने गरेको छ ।

राष्ट्रिय गीतको यो ट्रेन्ड नियाली रहेका निर्देशक आकाश अधिकारी केही फरक गर्न चाहन्थे । तर, उनले चाहेको फरक दृष्य म्युजिक भिडियोमा उतार्न सक्ने बलियो गीत उनको हातमा परेको थिएन । यही बेला उनको हातमा आइपुग्यो गीतकार चिन्तामणि शिवाकोटीको ‘हिमालबाट हिउँ पग्ली’ बोलको गीत ।

सुरेश अधिकारीले संगीत भरेको यो गीतमा हिमालदेखि तराईसम्मका कथा उठान गरिएको छ । सहर र गाउँ दुवै परिवेश गीतमा अटाएको छ । देशका सबै भाषा र धर्मको मर्म समावेश छ । गीत सुनेपछि आकाशलाई लाग्यो ‘मैले खोजेको गीत यही हो ।’ तर ८ मिनेटको एउटा म्युजिक भिडियोमा सबै कन्सेप्ट अटाउन गाह्रो थियो । उनी नेपालमा निर्माण भइरहेका अधिकांश म्युजिक भिडियोको ट्रेन बदल्न चाहान्थे । उनी काम गर्न तयार भए ।

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवाकोटीले लेखेको यो गीतको म्युजिक भिडियोमा आकाश आफैले अभिनय गरेका छन् । म्युजिक भिडियोमा नीता ढुंगाना, शिव श्रेष्ठ, कोमल ओली, गीतकार तथा पूर्वअर्थमन्त्री एसपी कोइराला लगायतका कलाकारले अभिनय गरेका छन् । प्रमोद खरेल र मेलिना राईले गाएको यो गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरियो ।

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर सेवा निवृत्त भएका शिवाकोटीको यो १५ औँ म्युजिक भिडियो हो । शुक्रबारनै शिवाकोटीको ‘पत्थर मुटु’ नामक गीती संग्रह पनि सार्वजनिक गरियो । उक्त संग्रहमा ५२ वटा गीत समावेश गरिएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १८:१३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया