मुलुकको विकास र समृद्धिका लागि एमसिसी आवश्यक छ : कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकास र समृद्धिका लागि एमसिसी आवश्यक रहेको बताएका छन् ।

शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसिसी मुलुकको विकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन् । 

उनले दलीय खिचातानीले एमसिसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गराउनुपर्ने बताए ।  उनले एमसिसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे । एमसिसी संसदबाट पास गराउनको लागि सबैबीच सहमतिको खाँचो रहेको उनले औंल्याए ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए । संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १८:२७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया