नेपालले दियो अमेरिकालाई १७५ रनको सामान्य लक्ष्य

आइसिसी विश्व कप लिग–२ अन्तर्गत भईरहेको खेलमा नेपालले अमेरिकालाई  १७५ रनको समान्य लक्ष्य दिएको छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले पनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा नेपालले ठूलो योगफल तयार पर्न सकेन ।

४६औँ ओभरको तेस्रो बलमा काइल फिलिप्सले नोस्थुशा केन्जिगेबाट क्याच अराउनुअघि उनले १०५ बलको सामना गर्दै ३ चौकाको मद्दतमा ५५ रन प्रहार गरे ।

ओपनर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोड्दा यही खेलमार्फत नेपाली सिनियर टोलीका लागि डेब्यु गरेका गुल्सन झाले ५३ बलमा २ चौका र १ छक्काको मद्दतमा २८ रन बनाए । 

अमेरिकाका ४ कप्तान सौरभ नेत्रावाल्करले ४, काइल फिलिप्सले ३ विकेट हात पार्दा करिम गोर, इल्मोर हचिन्सन र नोस्थुशा केन्जिगेले समान १–१ विकेट हात पारे । 
 
 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १९:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया