सन् २०२० फ्रेब्रुअरी ८ । युवा अलराउन्डर कुशल मल्लका लागि यो मिति निकै विशेष छ । उनले यही मितिमा नेपाली सिरियर पुरुष क्रिकेट टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
आइसिसी विश्व लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध डेब्यु खेलमै ५१ बलको समाना गर्दै ४ चौका र ३ छक्काको मद्दतले ५० रनको अर्धशतकीय पारी खेल्दै आफूलाई एक आशलाग्दा खेलाडीको रुपमा प्रस्तुत गरेका थिए ।
उनले ओमानविरुद्धको खेलमा पनि ४५ बलको सामना गर्दै १ चौकाको मद्दतले २८ रन प्रहार गरे । त्यसयता भने कुशलको ब्याटबाट रन निस्कन छाडेको छ ।
यतिबेला खराब प्रदर्शन गरिरहेका कुशलले नेपाली क्रिकेट प्रेमीलाई दुःखी बनाएका छन् । उनले पछिल्ला पाँच एकदिवसीयमा २७ बलको सामना गर्दा १ चौकाको मद्दतमा मात्र ७ रन प्रहार गर्नुले पनि उनी कुन लयबाट गुज्रिरहेका छन् भन्ने प्रष्ट पार्छ ।
कुशलले पपुवा न्युगिनीसँगको एकदिवसीय सिरिजका दुवै खेलमा समान १ रन प्रहार गरेका थिए । उनले पहिलो खेलमा ३ र दोस्रो खेलमा ५ बलको समाना गरे ।
कुशलले ओमानमा जारी आइसिसी विश्व लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध पनि ७ बलमा मात्र १ रन बनाउन सके ।
सिरिज अन्तर्गत नै ओमानविरुद्धको खेलमा ९ बलको सामना गरेका उनले १ चौकाको मद्दतले ४ रन प्रहार गरे । सिरिज अन्तर्गत आज भएको अमेरिकाविरुद्धको खेलमा पनि उनी ३ बलको सामना गर्दै बिना कुनै रन पेभिलियन फर्किए ।
आशा लाग्दा खेलाडीको यस्तो निराशाजनक प्रदर्शन पक्कै पनि अपेक्षित होइन । कुशल प्रतिभावान खेलाडी हुन् । यसमा कुनै दुई मत छैन । तर पछिल्ला खेलमा गरेका प्रदर्शनबाट के बुझ्न सकिन्छ भने उनी दबाब झेल्न तयार छैनन् ।
कुशलले पछिल्ला पाँच खेलमध्ये ३ खेलमा बलिङ गरेका छन् । उनले पपुवा न्युगिनीसँगको पहिलो खेलमा ७ ओभर बलिङ गर्दा १ मेडनसहित १९ रन खर्चिएर २ विकेट हात परे ।
कुशलले त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेलमा १० ओभर बलिङ गर्दा ३५ रन खर्चिएर १ विकेट हार परे ।
ओमनाविरुद्ध पनि १० ओभर बलिङ गरेका कुशलले ३८ रन खर्चिएर २ विकेट हात पारे ।
ब्याटिङमा खराब प्रदर्शन गरेपनि कुशलले बलिङमा भने केहि सन्तोषजनक प्रदर्शन गरेका छन् ।
ब्याटिङ भन्दा बलिङ राम्रो भएकाले कि त उनलाई बलिङमै केन्द्रित गराउनुपर्छ या केहि समय आराम दिइ मानिसक रुपमा तयार हुने अवसर दिनु राम्रो हुने देखिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।