ओली ओत लाग्ने पार्टी एकीकृत समाजवादी हुन सक्छ : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली टोपी झिकेर खल्तीमा हाल्दै ओत माग्दै आउने बताएकी छिन् ।

त्यसका लागि आगामी निर्वाचनसम्म कुर्नुपर्ने उनले बताइन् । निर्वाचन अघि उनलाई सयौं नेताहरूले छाड्ने उनको दाबी छ । 

पहिले एमालेमा रहँदा नेता माधवकुमार नेपाल नजिक रहेका तर अहिले ओलीसँग रहेका नेताहरूप्रति पनि उनले कटाक्ष गरिन् । 

‘टिकट पनि पाउलान् किन नपाउलान्, पाए चुनाव जित्लान ?’, पार्टीको सिन्धुली जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा आज झाँक्रीले भनिन् । 

एमालेलाई ‘ओली कम्पनी’ भनेकी उनले अबको सात महिनासम्म सुस्त गतिमा एमाले भत्किने, ८ महिनापछि संघ र प्रदेशको निर्वाचनको प्रक्रिया सुरु हुने र त्यसपछि सामान्य विद्रोह नभइ पहिरो जाने झाँक्रीले ठोकुवा गरिन् । 

सयौं नेताहरू एकीकृत समाजवादी पार्टीमा आउन चाहिरहेको उनको भनाइ छ। 



फरक प्रसङ्गमा उनले संसद्, संविधान र लोकतन्त्र बचाउनेलाई किन संसदमा  निषेध भन्दै प्रश्न पनि गरिन् । 



  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १५:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया