आइपिएलमा कुन टोलीको प्रदर्शन कस्तो ?

विश्वको चर्चित टि-२० फ्रेन्चाइज लिगमध्ये एक इन्डियन प्रिमियर लिग (आइपिएल) आजबाट पुनः सुचारु हुँदैछ । काेरोनाका कारण रोकिएको लिगका बाँकी ३१ खेल युएईमा हुनेछन् । आज हुने खेलमा चेन्नइ सुपर किंग्सले मुम्बई इन्डियन्सको सामना गर्नेछ । 

कोरोना महामारीका कारण मे ३ मा लिग स्थगित हुनुअघि दिल्ली क्यापिटल्स शीर्ष स्थानमा थियो । लिग स्थगित हुनुअघि दिल्लीका ओपनर शिखर धवन ३ अर्धशतक सहित ३८० रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा थिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरका हर्षल पटेल १७ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा थिए । 

लिग स्थगित हुनुअघि टिमको प्रदर्शन 

दिल्ली क्यापिटल्स

दिल्ली लिगको शीर्ष स्थानमा रहेको टोली हो । उसले ८ खेलबाट ६ जित र २ हारको नतिजासहित १२ अंक जोडेको छ । शिखर धवन दिल्लीका लागि सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यान हुन् । उनले ३ अर्धशतकसहित ३८० रन प्रहार गरेका छन् ।



दिल्लीका लागि आभेश खान सर्वाधिक विकेट लिने बलर हुन् । उनले १४ विकेट हात पारेका छन् । 

चेन्नई सुपर किंग्स



चेन्नई ७ खेलमा ५ जित र २ हारको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा छ। फाप डु प्लेसिस चेन्नईका लागि सर्वाधिक रन प्रहार गर्ने खेलाडी हुन् । उनले ४ अर्धशतकसहित ३२० रन बनाएका छन् । उसका लागि सर्वाधिक सफल बलर साम करणले ९ विकेट हात पारेका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोर 

बैंग्लोर ७ खेलमा ५ जित र २ हार बेहोर्दै १० अंक जोडेर तेस्रो स्थानमा छ । २ अर्धशतकसहित २२३ रन प्रहार गरेका ग्लेन म्याक्सवेल बैंग्लोरका सर्वाधिक रन बनउने खेलाडी हुन् । 

९ विकेट हात पारेका काइल जेमिसन बैंग्लोरका लागि सर्वाधिक विकेट हात पार्ने बलर हुन् । 

मुम्बई इन्डियन्स

७ खेलमा ४ जित र ३ हारको नतिजासहित १० अंक जोडेको मुम्बई चौंथो स्थानमा छ। मुम्बईका लागि सर्वाधिक सफल ब्याट्सम्यान कप्तान रोहित शर्माले १ अर्धशतकसहित २५० रन प्रहार गरेका छन् । उसका लागि सबै भन्दा बढी विकेट हात पार्ने बलर हुन् राहुल चाहर । उनले ११ विकेट हात पारेका छन् । 

राजस्थान रोयल्स 

पाँचौ स्थानमा रहेको राजस्थानले ७ खेलबाट ४ जित र ३ हारको नतिजासहित ८ रन जोडेको छ । राजस्थानका लागि सबैभन्दा बढी रन प्रहार गरेका सञ्जु सामसनले १ शतकसहित २७७ रन जोडेका छन् ।

१४ विकेट हात पारेका क्रिस मोरिस राजस्थानमा सर्वाधिक सफल बलर हुन् । 

पञ्जाब किंग्स

गत संस्करणसम्म किंग्स ११ पञ्जाबको नामबाट आइपिएलमा सहभागी भएको टोलीले यसपटक नाम परिवर्तन गरेर पञ्जाब किंग्स राखेको हो । पञ्जाब ८ खेलमा ३ जित र ५ हार बेहोर्दै ६ अंकका साथ छैटौँ स्थानमा छ । 

केएल राहुलले ४ अर्धशतकसहित सबैभन्दा बढी ३३१ रन प्रहार गरेका छन् । उसका लागि सबैभन्दा बढी महम्मद शामीले ८ विकेट हात पारेका छन् । 

कोलकत्ता नाइटराइडर्स

७ खेलमा २ जित र ५ हार बेहोरेको कोलकत्ता ४अंकका साथ सातौँ स्थानमा छ । नितिन राना कोलकत्ताका लागि सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडी हुन् । उनले २ अर्धशतकसहित २०१ रन बनाएका छन् । 

कोलकत्ताका लागि प्याट कमिन्सले सर्वाधिक ९ विकेट हात पारेका छन् । 

सनराइजर्स हैदरावाद

हैदराबादले यो सिजनमा सम्झन लायक प्रदर्शन गर्न सकिरहेको छैन । अन्तिम स्थानमा रहेको उसले ७ खेलमा १ जित र ६ हारको निजा सहित मात्र २ अंक जोडेको छ।

हैदरावादका लागि सर्वाधिक रन प्रहार गर्ने जोनी बेरिस्टोले  २ अर्धशतकसहित २४८ रन बनाएका छन् । 

रशिद खान हैदरावादका लागि सवैभन्दा बढी विकेट हात पार्ने बलर हुन् । उनले १० विकेट लिएका छन् । 
 

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १३:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया