अफगानी अधिकारकर्मीको आह्वान : किशोरीका लागि विद्यालय खुला गर्न संघर्ष गरौँ

अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफीले अफगानिस्तानका किशोरीहरूले विद्यालय जान पाउने अधिकारका लागि पुनः संघर्ष गर्नुपर्ने बताएकी छन् ।

अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन संघर्ष जारी राख्नुपर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा उनले जोड दिएकी छन् । 

उनले थपिन्, ‘तालिबानले महिला अधिकारको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो, तर उक्त समूहले आफ्ना प्रतिज्ञा पूरा गरिरहेको देखिएको छैन ।’

यसैबीच संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा शनिबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने कदमको स्वागत गरेको छ । तर, त्यसमा किशोरीहरू छुट्न नहुनेमा जोड दिएको छ । 

‘हामी निकै चिन्तित छौँ,’ युनिसेफकी प्रमुख हेन्रिता फोरले शुक्रबारको एक वक्तव्यमा भनिन्,’ ‘धेरै केटीहरूलाई यस समयमा फेरि अनुमति नहुन सक्छ ।’ 

फोरले भनिन्, ‘युनिसेफले पुरानो र नयाँ सबै राजनीतिक नेतृत्वसँग बालबालिकाको शिक्षाको अधिकारका दबाब जारी राख्नेछ, जसबाट सबैले अफगान भूमिमा शान्तिपूर्ण रूपले प्रगतिपथमा लम्कन मौका पाउन सकून् ।’





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार २१:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया