विराट कोहलीले बैंग्लोरको कप्तानी छाड्ने

इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।  

भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका कोहलीले आइतबार यो सिजनको अन्त्यसँगै बैंग्लोरको कप्तानी छाड्ने घोषणा गरेका हुन् । उनले सन् २०१३ देखि बैंग्लोरको कप्तानी सम्हालिरहेका छन् । 

कोहलीको कप्तानीमा बैंग्लोरले १ सय ३२ खेलमा ६२ जित, ६६ हारको नतिजा निकाल्दा ४ खेल नतिजा बिहीन सकिएको छ ।

कोहलीले गत साता भारतीय टि–२० टिमको कप्तानी छाड्ने घोषणा गरेका थिए । उनले युएई र ओमानमा आयोजना हुने टी–२० विश्वकपपछि आफू कप्तान नहुने बताएका छन् ।

कोहलीले तीनै प्रारुपमा भारतीय टिमको कप्तानी सम्हालिरहेका थिए ।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ११:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया