संसदलाई प्रचावकारी रूपमा चलाउने कर्तव्य सत्तापक्ष र विपक्ष दुवैको हो : कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदलाई प्रभावकारी रूपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुवैको भएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकपछि संचारकर्मींसँग कुराकानी गर्दै मन्त्री कार्कीले भने,‘म संसदीय मामलामन्त्री पनि भएको हुनाले संसदलाई सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दलको नेतासँग संवाद गर्नु कर्तव्यभित्र पर्छ । र संवाद पनि गरिरहेको छु । मैले आशा गरेको थिएँ, संसद सुचारु रूपले चल्छ भन्नेमा । अहिले पनि आशावादी छु, संसद सुचारु रूपले चलाउनुपर्छ । संसदलाई प्रभावकारी रूपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुवैको हो । त्यो कर्तव्यमा सरकारको तर्फबाट जिम्मेवारिताका साथ बहन गरेको छु ।’

साथै, उनले एमालेजस्तो जिम्मेवार प्रतिपक्षीबाट पनि सोही कुराको अपेक्षा गरेको बताए । उनले भने, ‘एमालेजस्तो जिम्मेवार प्रतिपक्षबाट पनि त्यही ढंगको अपेक्षा गरेका छौं। अहिले पनि त्यो भूमिकाको अपेक्षा गरेका छौं ।’

महत्वपूर्ण विधेयकहरू रोकिएकोमा अनौठो लागेको बताउँदै उनले भने, ‘महत्वपूर्ण विधेयकहरट्ठ छन् । तीनलाई रोक्ने काम आफैमा अनौठो छ ।’





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १३:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया