सरकारले खर्च गर्न अझै पर्खिनुपर्ने

प्रमुख प्रतिपक्षी दल एमालेको चर्को होहल्लासँगै प्रतिस्थापन विधेयक २०७८ संसदले पारित गरेको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानतः गत जेठ १५ मा ल्याएको बजेट अध्यादेशलाई संसोधनसहित अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्धापन विधेयक संसदमा पेस गरेका थिए । 

प्रमुख प्रतिपक्षी दलको विरोधका कारण यसअघि पनि विधेयक पास हुन सकेको थिएन ।  जसकारण विगत पाँच दिनदेखि सरकारले कुनै पनि खर्च गर्न सकेको छैन । 

सोमबारको प्रतिनिधिसभा बैठकले विधेयक पास गरेसँगै माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा विधेयक पेस हुनेछ । संविधानतः राष्ट्रियसभाले पारित गरेपछि विधेयक पुनः प्रतिनिधिसभामा पठाइनेछ । सो विधेयकलाई प्रतिनिधिसभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि प्रमाणीकरण गरिनेछ ।  

राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेमा पुनः प्रतिनिधिसभामा फिर्ता आउनेछ । सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।  जसका कारण अहिले भएको गभर्मेन्ट सटडाउनको अवस्था कहिले अन्त्य हुने भन्नेबारे टुंगो लागेकै छैन ।

सरकारले चालु वर्षका लागि १६ खर्ब ३२ अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये ६ खर्ब ७७ अर्ब ९९९ करोड रुपैयाँको चालु खर्च, ३ खर्ब ७ अर्ब १० करोड रुपैयाँ पुँजीगत खर्च रहेको छ ।



यसैगरी १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ ।



  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १३:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया