मुस्लिम बाहुल्यता भएका जिल्लामा मुस्लिम गणक राख्न आयोगको आग्रह

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।

मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न आग्रह गरेको हो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको बताए । आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पमप्लेट बाँड्नेजस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको उनले बताए ।  

अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टिमबीच सहकार्य गरेर घरदैलोमा जाने बताए । अध्यक्ष अन्सारीले भने, ‘एउटा हामीले मुस्लिम समुदाय बढी भएको जिल्लामा मुस्लिम नै गणक भयो भने यसले तथ्यांक विभागलाई पनि सहज हुन्थ्यो, यथार्थ विवरण सजिलोसँग प्राप्त हुन सक्थ्यो ।’ 

आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक विभागको सहकार्यमा पम्प्लेट, समुदायलाई सचेत गराउने यी सबै कार्यमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको उनले बताए । 

‘मुस्लिम बाहुल्यता भएको जिल्लामा, त्यो समिति र तथ्यांक विभागका टिमबीच सहकार्य गरेर समन्वय गरेर घरदैलोमा जाने त्यसले तथ्यांक विभागलाई पनि सहयोग पुग्छ,’ उनले भने, ‘ यसले मुस्लिम समुदायलाई पनि ठूलो सफलता हात लाग्छ ।’



अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश विदेशिएका मुस्लिम युवा छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिए । छलफलमा तथ्यांक विभागको तर्फबाट उपमहानिर्देशक हेमराज गिरी उपस्थित  थिए ।



  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १७:२८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया