मंगलबार काठमाडौंसहित सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि सुरु भएको वडा अधिवेशन ५७ जिल्लामा सकिएको छ । काठमाडौंसहित सात जिल्लामा भने मंगलबार वडा अधिवेशन हुने भएको छ । 

मंगलबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरामा वडा अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

क्रियाशील सदस्यता विवादका कारण सात जिल्लामा अधिवेशन ढिला भएको हो । कांग्रेसले सातवटै जिल्लामा वडा अधिवेशनका लागि निर्वाचन अधिकृत पठाइसकेको छ । 

प्रदेश दुईका आठ जिल्ला र रसुवा, बाँके, कैलाली, सुर्खेत र रोल्पा गरी १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी भएका कारण ती जिल्लामा वडा अधिवेशन हुन सकेको छैन ।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार २१:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया