बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशको संघीय राजधानी काठमाडौंबाट सार्न प्रस्ताव गरेकी छिन् । उनले चितवन र मकवानपुरलाई जोडेर देशको संघीय राजधानी बनाउनुपर्ने बताएकी हुन्।
मंगलबार भरतपुरमा आयोजित जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र मकवानपुर जोडेर देशको राजधानी बनाउन उपयुक्त हुने बताएकी हुन् ।
हालको राजधानी काठमाडौं पुग्न सबैलाई कठिन पर्ने भएकाले काठमाडौंलाई प्रदेशको राजधानी बनाएर सबैलाई पायक पर्ने चितवन र मकवानपुरलाई देशको राजधानी बनाउनुपर्ने बताएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।