नयाँ शीतयुद्ध चाहदैनौं, आफ्नो असफलताको परिणाम भोगिसक्यौं : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्न तयार देशसँग सहकार्य गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दै उनले भने, ‘हामी संसार विभाजित हुने अर्को एक शीत युद्ध चाँहदैनौं । किनकि हामीले आफ्नो सबै असफलताको नतिजा भोगिसकेका छौं ।’ 

संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले अहिले आफूहरु आतंकवादको खतराको सामना गरिरहेको बताए । उनले भने, ‘हामीले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध अन्त्य गरेर कूटनीतिक ढोका खोलिरहेका छौं ।’ 

उनले अमेरिका अब २० वर्षअघि सेप्टेम्बर ११ मा हमला भएको अवस्थामा नरहेको पनि बताए । उनले भने, ‘आज हामी बढी शक्तिशाली र आतंकवादको चुनौती सामना गर्न तयार छौं ।’ 

कोरोना महामारी र अफगानिस्तानमा तालिबानको कब्जाबीच संयुक्त राष्ट्र संघको महासभाको ७६ औं सम्मेलन न्युयोर्कमा सुरु भएको छ। 
 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ७:४६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया