राष्ट्रसंघमा अफगानिस्तानबाट कसले सम्बोधन गर्ने ? तालिबानले लेख्यो महासचिवलाई पत्र

तालिबानले संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्र लेखेर महासभामा सम्बोधनका लागि व्यवस्था गरिदिन माग गरेको छ । 

तालिबानले उसको दोहास्थित प्रवक्ता सुहैल शाहीनलाई अफगानिस्तानका तर्फबाट राष्ट्रसंघका लागि राजदूत नियुक्त गरिएको जनाएको छ । तालिबानका विदेशमन्त्री आमिर खान मुक्ताकीले सोमबार महासचिव गुटेर्रेसलाई पत्र लेखेर त्यसबारेमा अनुरोध गरेको हो । 

मुक्ताकीले सोमबार समाप्त हुने महासभाको वार्षिक बैठकमा सम्बोधनका लागि माग गरिएको बताएका हुन् । 

गुटेरेसका प्रवक्ता फरहान हकले मुक्ताकीको पत्र आएको पुष्टि गरेका छन् । उनले अफगानिस्तानको संयुक्त राष्ट्रसंघमा सहभागिताका लागि ९ सदस्यीय क्रेडेन्सियल कमिटिसँग अनुरोध गरेका छन् । 

यी सदस्यमा अमेरिकाm चीन र रुस पनि सामेल छन् । यद्यपि उनले यो साता तालिबानसँग वार्ताको सम्भावना नरहेको बताएका छन् । त्यसकारण तालिबानका प्रतिनिधिले महासभालाई सम्बोधन गर्न सम्भव नहुनसक्ने बताए । 

यसअघि अफगानिस्तानबाट गुलाम एम.इसाकजई जुलाईमा संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि बनेका थिए । तर असरफ घानीको सरकार सत्ताच्युत भएर तालिबानले सत्ता कब्जा गरेको छ । 



तालिबानले अब इसाकजई अफगानिस्तानको प्रतिनिधि नरहेको भन्दै शाहिनलाई प्रतिनिधि बनाएको उल्लेख गरेको छ । महासचिवका प्रवक्ता हकले भने क्रेडेन्सियल कमिटीले अर्को निर्णय नगरेसम्म इसाकजई नै महासभाको नियमअनुसार स्थायी प्रतिनिधि रहने बताएका छन् । 

इसाकजईले २७ सेप्टेम्बरमा अफगानिस्तानका तर्फबाट महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तालिबानको पत्रले भने उनको सम्बोधनलाई समेत विवादमा तान्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । 




 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १०:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया